नयाँ दिल्ली। विश्वविख्यात भारतका योग बाबा रामदेवको मूर्ति बेलायतको राजधानी लण्डन स्थित टुसुड्स संग्रहालयमा राखिने भएको छ। शुक्रबार योग गुरू रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने कुराको सार्वजनिक भएको हो।

रामदेवले दुई महिना अगाडि पाएको उक्त प्रस्तावमा समर्थन जनाएपछि रामदेवको मुर्ति लन्डनको टुसुड्स संग्रहालयमा राखिने बताइएको छ।

रामदेवले योग विज्ञान, धर्मनिरपेक्ष तथा विश्वव्यापी ज्ञानलाई बढावा दिने लक्ष्यका साथ उक्त प्रस्तावलाई स्वीकार गरेको बताए। स्वामी विवेकानन्द पछिका संग्रहालयमा चित्रण गरिने रामदेव दोस्रो स्वामी हुन्।
प्रकाशन मिति–२०७५ साल असार ९ गते शनिवार ।