काठमाडौ। नेपालको धितोपत्र बजारमा यस साता रु १ अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ३४।७२ प्रतिशत कम हो। गत साता १८६ कम्पनीको ४८ लाख ६८ हजार ७० कित्ता शेयर रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजारमा बिक्री भएको थियो। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १४.७७ अंकले घटेर अन्तिम दिन १२१८.४६ अंकमा पुगेको छ।

समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.९६ अंकले घटेर २५५.७५ अंकमा आइपुगेको छ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। सो बैंकको रु सात करोड ३३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ। शेयर संख्याका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ।

सो बैंकको दुई लाख ६९ हजार कित्ता शेयर कारोबार भएको छ। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

प्रकाशन मिति–२०७५ साल असार ९ गते शनिवार ।