bihdyabaridhi_mukhargee

काठमाडौ। काठमाडौं विश्वविद्यालयले प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई महाविद्यावारिधि प्रदान गरेको छ।

आर्मी अफिसर्स क्लबमा आयोजित दिक्षान्त समारोहमा शिक्षामन्त्री तथा काठमाडौं विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल लगायतको समेत सहभागीता थियो।

उक्त विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले महाविद्यावारिधिबाट विभुषित गरेका हुन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक १८ गते विहीवार । नेपाल संवत कछला चौथी ।