काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ महानगरपालिका ३० वडा समितिकोको बिशेष भेलाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा वर्तमान अवस्थामा रगत , रक्त–तत्व र त्यसको व्यवस्थापन बारे आफ्ना धारणाका साथै संस्थाको उद्देश्य , लक्ष्य बारे कार्यक्रममा थप प्रकाश पारेका थिए।

काठमाडौं महानगरपालिका ३० वडा समितिलाई पुनर्गठन गरि नयाँ कार्यसमिति गठन गर्ने कार्य रेकर्डेट रक्तदाता समेत रहेका प्रमुख अतिथि कर्माचार्यवाट भएको थियो।

स्वयंसेवी रक्तदाता श्याम मुनिकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । जसमा क्रमशः उपाध्यक्ष राजेश उदास, सचिव सुजिता अधिकारी, कोषाध्यक्ष रूपा शाही बास्तोला, सदस्यहरूमा युनिश कार्की,रञ्जना घिमिरे, राधेश्याम मिश्र, विक्रम खड्गी र कृष्णदेवी खड्गी रहेका छन्।
प्रकाशन मिति–२०७६ साल पुस १९ गते शनिवार ।