काठमाडौं। राजनीति काखवाटै सिकेकी महिला अधिकारकर्मी कान्ता रिजाल यतिखेर चर्चाको शिखरमा रहेकी छन्। दशकौं देखि नेपाली कांव्रेसका जन्मदाता शिखर पुरुष बीपी कोइरालाका सहयात्री गणेशप्रसाद रिजालका सुपुत्री कान्ता रिजाल पिताकै काखवाटै सिकेकी हुन्।

विसं.२०१५ सालदेखि नेपाली राजनीतिमा बीपी कोइरालाको दायाँ हात बनेर अनवरत निष्ठाको राजनीति गर्दै अगाडि बढे्ेका शालिन छविका पिता गणेश प्रसाद रिजालकै स्वच्छ छविमा नै रही नेपाली कांग्रेसको राजनीतिमा कहिल्यै पनि पदको लोभ नगरेकी नेतृको रुपमा कान्ता रिजाललाई चिनिने गरेको छ।

यिनै निष्ठाको राजनीति गर्दैआएकी महिला अधिकारवादी कान्ता रिजाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खस आर्य कोटावाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।

विसं.२०३८ सालमा पहिलो पल्ट पाँचथरमा नेवि संघको स्थापना गरेर नेवि संघको विद्यार्थी राजनीतिवाटै नेपाली कांग्रेसमा अग्रता दिदैआएकी नेपाली कांग्रेसको शिक्षा नीति लगायतका विभिन्न निकाय हुंदै महिला विकास अधिकृतसम्मको सफल जिम्मेवारी वहन गरिसकेकी कान्त रिजाल सन्त नेता कृष्णप्रसाद भट्टराई लगायत पंचायती शासकको कठोर नजरबन्दमा परेको त्यो कठोर समयमा पनि अग्रसर बनेर कांग्रेस राजनीतिलाई उज्याल्यामान बनाउने कान्ता रिजालले शिक्षित महिला बेरोजगार संघको नेतृत्व दिएर शिक्षित महिलाहरुको विषयमा आवाज बुलन्द गर्ने कार्य गरेकी थिइन्।

शिक्षा क्षेत्रमा अत्यन्त क्रियाशील नेतृ कान्ता रिजाल आफ्नो नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा खस आर्यवाट उम्मेदवार दिनुको एउटै कारण निष्ठाको राजनीति र नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई अग्रता दिनु हो भन्छिन्।

प्रकाशन मिति–२०७८ साल मंसीर २३ गते विहीवार ।