Kabul-Attackकाठमाडौ। नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा गरिएको आतंकवादी हमलामा मारिएका १२ जना नेपालीको शव नेपाल ल्याउन त्यसतर्फ चार्टर विमान पठाउने भएको छ। परराष्ट्र मन्त्रालयले मंगलवार गरेको प्रेसलाई ब्रिफिङ्ग गरेको जानकारी अनुसार घाइतेको उचित उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन पहल भैरहेको छ।

मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले आवश्यक प्रक्रिया पूरा गरेर छिट्टो भन्दा छिट्ट नेपाल एयसलाइन्सको चार्टर विमान काबुल पठाउन लागेको बताएका छन्। नेपाल फर्किन चाहने त्यहाँस्थित नेपालीलाई पनि उक्त विमानवाट ल्याइने पनि प्रवक्ता पौड्यालले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ७ गते मंगलबार ।