काठमाडौ। तेश्रो रोलक्रममा रहेका डिआइजी जय बहादुर चन्दलाई आइजीपीमा नियुक्त गरेपछि व्यापक आलोचनाको शिकार बनेको पुष्प कमल दाहाल सरकारले सोमवार अर्को निर्णय गरेका छन्।

Dr. Dinesh Chandra Pokhrelजय बहादुर चन्दलाई आइजीपी नियुक्त गर्ने कार्य गर्न र गराउने कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि अन्यौलमा परेको दाहाल सरकारले निमित्त आइजीपीको जिम्मेवारी प्राविधिकतर्फका अतिरिक्त महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेललाई दिने निर्णय गरेको छ।

पहिलो रोलक्रममा रहेका डिआइजी नवराज सिलवाललाई आइजीपी दिनुपर्ने क्रमबद्धता भंग भएकोमा व्यापक हंगामा भैरहेको अवस्थामा निमित्त आइजीपी डा.पोखरेललाई बनाएको समाचार स्रोतको भनाई रहेको छ।

सोमवार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रहरी नियमावाली २०७१ को नियम ४६ लाई संशोधन गरी डा.पोखरेललाई निमित्त आइजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो।
प्रकाशन मिति–२०७३ साल फागुन २ गते सोमवार ।