Kulman ghisingकाठमाडौ। राजधानी काठमाडौ, पोखरा, चितवन लगायत देशको विभिन्न स्थानहरुमा लोडसेडिङ मुक्त गरेर व्यापक चर्चा कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘गो–गो फाउण्डेसन अवार्ड– २०१६’ प्रदान गरिएको छ।

आइतबार भएको कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीले घिसिङलाई उक्त सम्मान प्रदान गरेका हुन् । पूर्वमुख्यसचिव दामोदर गौतमसहित काशीराज दाहाल, जीवनप्रभा लामा र फाउण्डेसनका अध्यक्ष केदार खड्का रहेको छनोट समितिको सिफारिसमा घिसिङ सम्मानित बनेका हुन्।

लोडसेडिङ घटाउने असाधारण समाधान निकालेको भन्दै घिसिङलाई सम्मान गरिएको हो ।
प्रकाशन मिति–२०७३ साल फागुन १५ गते आइतवार ।