Prem Sagar Karmacharya in Janakpur 1काठमाडौ। रक्तदान जीवनदान भन्ने नारालाई सार्थक बनाउन तथा यस संवन्धी जनचेतना अभिबृद्धि गर्न र गराउन नेपाल स्वयंसेवी रक्तदाता समाज देश दौडाहा अभियानमा लागेका छन्। यसैक्रममा समाजको अगुवाईमा जनकपुर पुगेर रक्तदान कार्यक्रम गर्न सफल भएको छ।

Prem Sagar Karmacharya in Janakpur 3

समाजका अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको अगुवाईमा जनकपुरको धनुषा स्थित दूधमति महेन्द्रनगरमा पहिलो पल्ट बृहत रक्तदान कार्यक्रम भएको थियो। नेपाल रक्तदाता समाज धनुषा शाखा विधिवत रुपमा स्थापनार्थ आयोजित उक्त रक्तदान कार्यक्रममा धनुषाका युवा–युवतीहरुको उत्साहजनक सहभागिता रहेको थियो। स्थानिय दूधमति माई युवा क्लवको अगुवाईमा रक्तदान कार्यक्रम भएको हो।

Prem Sagar Karmacharya in Janakpur 2

यसै कार्यक्रमका साथमा शिव कुमार शाहको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज धनुषा शाखाको गठन गरिएको छ। जसमा नवल किशोर शाह उपाध्यक्ष, सितेश कुमार झा सचिव, इन्द्रनारायण मण्डल कोषाध्यक्ष र सदस्यमा राम पुकार यादव, मुकेश यादव, सफरुल कवारी, सुनिल यादव, बसन्त यादव रहेका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन १६ गते सोमवार ।