Earthquake

काठमाडौ। नेपालमा आज सोमबार विहान लगातार दुई पटक भूकम्प गएको छ। बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यसको लगत्तै विहान १० बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको अर्को पराकम्प गएको हो।पराकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोकलगायत क्षेत्रमा महशूस गरिएको थियो।

यो गत बर्ष २०७२ वैशाख १२ को गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन्। यसअघि फागुन ७ मा धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो।
प्रकाशन मिति–२०७३ साल फागुन १६ गते सोमवार ।