काठमाडौ। भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतमा भव्य स्वागत भएको छ। भारतले ओलीको यसपालिको राजकीय भ्रमणलाई विशेष महत्व दिएको छ।

ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच औपचारिक तथा अनौपचारिक दुवै तवरवाट मज्जाले खुलेर कुरा भएको छ। दुवै देशका प्रधानमन्त्रीले दुई देशबीचको मित्रवत् सम्बन्ध अझ प्रगाढ भएको बताएका छन्।

यसैवीच नेपालका प्रधानमन्त्री ओलीले विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्याउन आफू भारत भ्रमणमा आएको समेत प्रष्ट पारे । भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै ओलीले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई विशेष सम्मान पनि दिइएको छ।


प्रकाशन मिति–२०७४ साल चैत्र २४ गते शनिवार ।