ललितपुर । शान्ति सुरक्षा तथा जन–धनलाई सुरक्षित गर्ने र गराउने कार्यमा प्रहरीको विशेष भूमिका रहने गरेको छ। स्थानीय जनता समक्ष प्रत्यक्ष सरोकार राख्ने प्रहरी सेवालाई चुस्त र दुरुस्त वनाउने कार्यक्रम प्रहरी प्रमुखको भूमिका निश्चित रुपमा उल्लेखनीय र प्रशंशनीय हुनुपर्दछ।

यो उल्लेखनीय र प्रशंशनीय कार्य गरेवापत ललितपुर महानगरपालिका वडा नंबर ५ ले महानगरीय प्रहरी प्रभाव लगनखेलका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र वहादुर टेरलाई सम्मान गरेको छ। मंगलवार वडा कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले प्रहरी नायब निरीक्षक सुरेन्द्र वहादुर टेरलाई सम्मान गरेको हो।

महानगरीय प्रहरी प्रभाव लगनखेलका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र वहादुर टेरले दुई बर्षको अवधिमा ललितपुर महानगरपालिका वडा नंबर ५ को शान्ति सुरक्षा तथा कोभिड–१९ को महामारीमा उल्लेखनीय योगदान दिएवापत कदर स्वरुप सम्मान प्रदान गरेको जानकारी वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्। आफ्नो दुई बर्षे कार्यकालमा वडाको सुरक्षा र विकास कार्यमा प्रहरी नायब निरीक्षक सुरेन्द्र वहादुर टेरको विशेष योगदान रहेको र जसवाट आफूहरुलाई जनताको सेवा गर्न सहजता मिलेको कुरा पनि वडा अध्यक्ष श्रेष्ठले भनेका छन्।

सम्मान समारोहमा सम्मान पत्र वडा सदस्य अशोक कुमार श्रेष्ठले बाचन गरेका थिए। कार्यक्रममा महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्य पूनम निरौला र मन्जु रिजालको पनि विशेष सहभागिता रहेको थियो। त्यसैगरे, वडाध्यक्ष श्रेष्ठले महानगरिय प्रहरी प्रभाग लगनखेलको इन्चार्जमा नयाँ जिम्मेवारी पाएका बबी बमजमलाई समेत स्वागत गर्दै सुरक्षामा कुनै सम्झौता नगर्न सुझाव समेत दिएका छन्।

प्रकाशन मिति–२०७८ साल साउन २० गते बुधवार ।