काठमाडौं। फूलको आँखामा फूलै संसार जस्ता हिट गीतका रचयिता नेपालभाषाका जनकवि तथा ख्यातिप्राप्त कवि एवम् गीतकार दुर्गालाल श्रेष्ठ उमेरको हकमा यो बर्षवाट ८६ बर्ष पूरा गरेर ८७ बर्षमा टेकेका छन्।

उर्बर जिन्दगीसंगै अझ उर्बर बन्दै गएका कवि तथा गीतकार दुर्गालाल श्रेष्ठको जीवनी यो बर्ष नै प्रकाशित हुने भएको छ। श्री दुर्गालाल साहित्य प्रतिष्ठानले जीवनी प्रकाशित गर्ने भएको हो। जसको करिब करिब अन्तिम चरणमा नै पुगेको प्रतिष्ठानव्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ।

अनुसन्धाता आर. मानन्धरद्वारा लिखित दुर्गालाल श्रेष्ठको जीवनीको नाम नै कविकथा रहेको छ। नेपाली भाषामा प्रकाशित हुने सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनबाट भैरहेको प्रतिष्ठानले उल्लेख गरेको छ।

जसमा दुर्गालाल श्रेष्ठको कविकथा चित्रमय नै हुने भएको जनाइएको छ। यसअघि कवि तथा गीतकार दुर्गालाल श्रेष्ठको जीवनी पुस्तक दुईबर्ष अघि नै प्रकाशित भैसकेको छ।

प्रकाशन मिति–२०७८ साल साउन २२ गते शुक्रवार ।