काठमाडौं। वैदेशिक रोजगार विभागले मंगलबारबाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ।

‘कोरोना भाइरस’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै विभागले कतारका लागि श्रम स्वीकृति स्थगन गरेको हो।

विभागले कतारबाट विदामा आएका कामदारलाई पनि पुनः श्रम स्वीकृति दिन रोकेको छ। श्रम स्वीकृति स्थगन भएसँगै अन्तिम श्रम स्वीकृति लिएका करिब दुई हजार नेपाली कामदार प्रभावित भएका छन्।
प्रकाशन मिति–२०७६ साल फागुन २८ गते बुधवार ।