काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालमा जारी लकडाउनले धेरैले गर्दैआएको रोजगारीमा व्यापक असर परेको छ। लकडाउनले गर्दा धेरैभन्दा धेरै आफ्नो रोजगारीमा फर्कन पाएका छैनन्। उनीहरु मर्नुभन्दा बहुलाउनु निको भन्दा नयाँ नयाँ रोजगारको सिर्जना गर्नतिर लाग्न वाँध्य बनेका छन्।

आफूले गर्दैगरेको कोरोनाका कारण रोजगारी गुमेपछि धेरैले कृषि तथा कृषि संवन्धी रोजगारीतर्फ उन्मुख भएको पाइन्छ। खेती–किसानी गर्ने कृषिमा उन्मुख जमातको व्यापक बृद्धि भैरहेको छ।

अर्कोतर्फ युवाहरु कृषिजन्य अर्गानिक तरकारी पसलको नयाँ सोच र खोजका साथ कृषि तरकारी पसल राखेर सवैलाई कोरोनको कहरमा बैकल्पिक पेशा अपनाउन सकिन्छ भन्ने उदाहरण काठमाडौं कोर एरिया काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित नरदेवी–किलागलका युवा विजय वज्राचार्य र मिलन वज्राचार्य देखिएका छन्।

कोरोनाको कहर अगाडिसम्म हस्तकलाको व्यवसायमा रहेका यी दम्पत्ति यतिखेर हस्तकलाको व्यवसाय ठप्प भएको समयमा कृषि अर्गानिक तरकारी पसललाई नौलो रुप दिएर व्यवसाय गरेर उदाहरण बनेका छन्।

घर–वहालभित्र पनि राम्रो सोच र खोजका साथ गर्न सकेमा कृषि तरकारी वजारको नयाँ रुप दिन सकिन्छ भनेर सुपथ मूल्य पसल खोलेका छन्। जुन सवैको लागि आकर्षण बनेको छ। यस पसलवाट विजय र मिलनको लागि मात्र रोजगारी मिलेको नभइकन थप दुईजनालाई पनि रोजगारी प्राप्त भएको छ।

यसवाट कोरोनाको कारण विपदमा परेको व्यवसाय र व्यवसायीलाई राहत दिने कार्य भएको जिकिर विजय र मिलनको रहेको छ।

प्रकाशन मिति–२०७७ साल असार २१ गते आइतवार ।