काठमाडौं। कोरोनाको कहरमा जहाँ सरकार पुग्न सकिरहेको छैन्। त्यहाँ फोटोपत्रकारहरु पुगेर ठूलो राहत दिएका छन्। ललितपुरको गोदावरी झरुवारासी स्थित इट्टाभट्टामा काम गर्ने ज्यालादारी मजदुरहको दयनिय अवस्थालाई ध्यान दिएर राष्ट्रिय फोटो पत्रकार समूहले राहत प्रदान गरेका हुन।

बज्र इँटाभट्टामा कामगर्ने ६० परिवारका ३०० मजदुरहरूलाई रहत बितरण गरेको राष्ट्रिय फोटोपत्रकार समूहका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार कविन्द्रमान शाक्यले भिजन संसार डटकमलाई बताएका छन्। करिब ४०० मजदूरहरु सो ईटाभट्टामा कार्यरत छन् भने उक्त स्थानमा हाल सम्म कसैले पनि राहत बितरण नगरेको पाइएको छ।

फोटो पत्रकार समूहका केही फोटोपत्रकारहरु सो क्षेत्रमा फोटो खिच्नेक्रममा त्यहाँको अवस्था नाजुक देखेर फेसवुक मार्फत समूहका महासचिव प्रदिप राज वन्तले सहयोगका लागि आव्हान गरेका थिए।

तत्पस्चात फोटोपत्रकारहरु र एक जना वैदेशीक रोजगारमा कार्यरत एक पूर्वफोटोपत्रकार मार्फत आर्थिक सहयोग जुटेपछि राहत बितरण गरिएको जनाइएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ८ गते सोमवार ।