काठमाडौं। पशुपति विकास कोषव्दारा संचालित काठमाडौंको पशुपति क्षेत्रमा रहेको किरियापुत्री घर बन्द गरिएको छ। यही वैशाख ४ गतेदेखि नयाँ आउने किरियापुत्रीहरुलाई सेवा दिन बन्द गरिएको हो।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार, कोरोनाभाइरसको संक्रमण फैलिने सम्भावना बढी भएकाले सेवा बन्द गरिएको हो। बैशाख ४ गतेभन्दा अगाडि बसेका किरियापुत्रीहरुलाई सबै सुरक्षाको व्यवस्था गरेको तथा नयाँ आउनेलाई मात्र रोकिएको छ।

किरियापुत्री घर कोषको अत्तिरिक्त सेवा भएको र अन्य मुख्य कार्य भने जारी नै रहेको कोषले जनाएको छ। नयाँ आउने किरियापुत्रीहरुलाई आ–आफ्नै घरमा सुरक्षित रुपमा बस्न कोषले अनुरोध गरेको छ।

किरियापुत्री घरमा किरियापुत्री सेवाको लागि ४२ ओटा कोठा रहेको छ। त्यहाँ अहिले पनि ३० ओटा कोठामा किरियापुत्रीहरु बसिरहेका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख ९ गते मंगलवार ।