काठमाडौं। शनिवार काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरी २९ बर्षिया महिलाको दुःखद निधन भएको भोलिपल्ट आज आइतवार विहान एक युवकको कोरोनाकै कारण मृत्यु भएको छ।

आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवकको मृत्यु भएको हो। उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका छन्।

मन्त्रालयका अनुसार ती २५ वर्षिय पुरुष वैशाख ३० गते भारतबाट आएका थिए। उनलाई गएराति स्वास्थ्यमा समस्या आएको बताएको थियो। उनलाई ज्वरो तथा झाडापखालाको समस्या भएको थियो।

मन्त्रालयले जनाएअनुसार उनको बिहान ६ बजेर ४० मिनेटमा दुःखद निधन भएको थियो। यो समेत नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ।
प्रकाशन मिति–२०७७ साल जेठ ४ गते आइतवार ।