काठमाडौं। कोरोनाको महामारीमा रक्तदानको आवश्यकता र महत्वलाई सार्वजनिकरण गर्दै जागरुक युवा समाजले रक्तदान गर्ने र गराउने कार्यमा पनि निरन्तरता दिने कार्य भैरहेको छ।

यसक्रममा जागरुक युवा समाजको आयोजना तथा स्वेतभैरब ल्यायम्ह पुचःको संयोजनमा अघिल्लो शनिवार आठौं र यो हप्ताको शनिवार नवौं बृहत रक्तदान कार्यक्रम संपन्न भएको हो।

काठमाडौं महानगरभित्रका टोल टोलमा रक्तदान कार्यक्रम संचालन गर्ने क्रममा जागरुक युवा समाजले आठौं हप्ताको रक्तदान काठमाडौं महानगरपालिका वडा नंबर १८ नरदेवी स्थित स्वेतभैरब मन्दिर प्रांगणमा रक्तदान कार्यक्रम संपन्न भएको जानकारी जागरुक युवा समाजका रक्तदान कार्यक्रम संयोजक राजीब श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्। ५१ जना रक्तदाताहरुले रक्तदान तथा ५ जना कोरोनामुक्त भएकाहरुले प्लाज्मा दान गर्ने कार्य भएको छ।

त्यसैगरेर नवौं बृहत रक्तदान कार्यक्रम काठमाडौं महानगरपालिका वडा नंबर १७ स्थित क्षेत्रपाटी ढल्कोमा भएको हो। जसमा २९ जनाले रक्तदान गरेका थिएभने, दुईजनाले प्लाज्मा दान गरेका थिए।


प्रकाशन मिति–२०७७ साल मंसीर २६ गते शनिवार ।