काठमाडौं। कोरोनाको नयाँ भेरियन्टको दोश्रो चरणको महामारीमा रगत तथा रगत तत्वको अझ बढी महत्व र आवश्यकता बृद्धि भएको छ। कोरोना जितेकाहरुको रक्त प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार गर्ने गरिदैआएको कारण अझ रक्तदान कार्यक्रमको महत्वमा बृद्धि भएको हो।

यस कुरालाई मध्यनजर गरेर नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष एवम् रेकडेट रक्तदाता प्रेमसागर कर्माचार्यले विज्ञप्ति जारी गर्दै कोरोनाको वर्तमान कहरमा स्वयंसेवी रक्तदाताहरु अझ बढी सचेत वनेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन्।

रगत र रक्ततत्वहरूको मूलस्रोत स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्यको समय सापेक्ष ख्याल राख्नु र सतर्कताको लागि भूमिका निर्वाह गर्नु नेपाल स्वयंसेवी रक्तदाता समाजको अहम् दायित्व समेत रहेको बोध भएको विज्ञप्तिमा उल्लेख छ।

स्वस्थ र सुरक्षित बनेर रक्तदान गर्ने र गराउने कार्यमा निरन्तरता दिने, रक्तदान गर्न जाँदा भिडभाडवाट टाढा रहने र सोसियल डिस्टान्स मेन्टन गर्ने, सकेसम्म रक्त सञ्चार केन्द्रमा गएर सुरक्षित रुपमा रक्तदान गर्ने लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन अनुरोध गरेको छ।

प्रकाशन मिति–२०७८ साल बैशाख २३ गते विहीवार ।