काठमाडौं। कोरोनाभाइरसको जोखिम न्यूनिकरणका लागि भीडभाड हुने मठ–मन्दिरहरुमा नित्य पूजा वाहेक अन्य प्रयोजनका लागि भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर २२ अन्तर्गत पर्ने भीडभाड हुने संकटा, महाकाल, तेबहाल भद्रकाली मन्दिरहरुमा भक्तजनहरुलाई प्रवेश–निषेध गर्न पत्राचार नै गरेको छ। चैत्र ७ गते शुक्रवारवाट लागूहुनेगरी ती मन्दिरहरुमा प्रवेश–निषेघ गर्न काठमाडौं महानगरपालिका वडा नंबर २२ का वडा अध्यक्ष चीनिकाजी महर्जनले संवन्धित निकायलाई पत्राचार नै गरेको छ।

भीडभाड हुने मठ–मन्दिरहरुमा वाहिरैवाट दर्शन गर्ने व्यवस्था मिलाएर प्रवेश निषेध गर्ने र गराउने कार्यमा जनप्रतिनिधिको हैसियतले पहिलो कदम चाल्ने काठमाडौं महानगरपालिका वडा नंबर २२ का वडा अध्यक्ष चीनिकाजी महर्जनको यो कदमको सवैले स्वागत गरेका छन्। कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रणका लागि वडास्तरवाट गरिएको यसप्रकारको पहलवाट निश्चित रुपमा सही सन्देश गएको छ।


प्रकाशन मिति–२०७६ साल चैत्र ६ गते विहीवार ।