काठमाडौं। कोरोनाभाइरस संक्रमणबाट ग्रसित बलिउडकी चर्चित गायिका कनिका कपुर निको भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। डिस्चार्जभएको लगतै गायिका कपुर फेरि अर्को झमेलामा परेकी छन्।

इमेज खवरका अनुसार, उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी कनिका कपुरले अदालतको झमेला झेल्नुपरेको छ। गायिका कनिका कपुर विरुद्ध सार्वजनिक रूपमा कोरोनाभाइरस फैल्याएको भन्दै अदालतमा मुददा परेपछि झमेलामा परेकी हुन। आफूलाई कोरोनाभाइरस संक्रमण हुँदा पनि विदेशबाट आएको बेला होम क्वारेन्टाइनमा बस्नुको सट्टा कन्सर्ट गरेर रोग फैल्याएको गंभीर आरोप कनिका कपुर माथि परेको छ।

अदालतले कनिका कपुरलाई हाजिर हुन पुर्जीसमेत काटिसकेको छ। अबको १४ दिनपछि अदालतमा हाजिर हुनुपर्ने पुर्जी आइसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
गृहनगर लखनउको पीजीआई अस्पतालमा कनिका कपुरले कोरोना संक्रमणको उपचार गराएकी थिइन।

कनिका कपुर अस्पताल भर्ना भएको १४ दिनपछि घर फर्किएकी थिइन। लन्डनबाट ९ मार्चमा भारत आएकी कनिका कपुरलाई २० मार्चमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो। योबीचमा कनिका कपुरसँग हेलमेल भएका ६ सय जनाभन्दा बढी सेल्फ क्वारेन्टाइनमा बस्नुपरेको थियो।


प्रकाशन मिति–२०७६ साल चैत २७ गते विहीवार ।