नुवाकोट। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले गरिरहेको लकडाउनको अवस्थामा कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि जनप्रतिनिधि तथा स्थानीय अधिकारीहरु वीच व्यापक छलफल भएको छ। नुवाकोटको सूर्यगढी र पञ्चकन्या गाउँपालिका कोरोनाभाइरस नियन्त्रण संवन्धमा व्यापक छलफल भएको हो।

नुवाकोटवाट प्रतिनिधित्व गर्ने नेकपा नुवाकोटका युवा नेता एवम् बागमती प्रदेश सासंद बद्री मैनालीको नेतृत्वमा नुवाकोटलाई कोरोनाभाइरस मुक्त क्षेत्र बनाउने विषयमा घनिभूत छलफल भएको छ।

विदेशवाट नुवाकोट प्रवेश गर्नेहरुलाई विशेष निगरानीमा राखेर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने देखि आवश्यक परेमा सवैखाले व्यवस्था गर्ने पनि निर्णय भएको छ। कोरोनाभाइरसको विषयमा सचेतना अभियान तथा लकडाउनलाई विशेष कडाईका साथ लागू गर्नेजस्ता विषयमा पनि छलफल भएको सासंद मैनालीले भनेका छन्।

छलफलमा नेकपा बागमती प्रदेश कमिटि सदस्य बिन्दा ढुङ्गाना,नेकपा सूर्यगढी कमिटि अध्यक्ष र सचिव राजेन्द्र रिजाल र पुरूषोतम अधिकारी लगायत सूर्यगढी गाउँपालिका वडा नंबर १,३ र ५ का वडा अध्यक्षहरु ईमानसिह तामाङ्, बाबुराम पौडेल र भैरब अधिकारीका साथमा प्रशासकिय अधिकृत,स्वास्थ्य प्रमुखको सहभागिता रहेको थियो।

त्यस्तैगरेर, पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली खड्का, वडा अध्यक्षव्द्य मणि लामिछाने, ध्रुवप्रसाद मिश्र,नेकपाका सचिब रामेश्वर सुबेदी,समाजसेबी शिक्षक रामेश्वर कुइँकेल लगायत थिए। छलफलमा कोरोनाभाइरस महामारीले स्थानीय जनतामा पारेको प्रभाव, त्यसको रोकथाम ,नियन्त्रण र उपचारको लागि आबश्यक स्वास्थ्य ब्यवस्थापन,राहतको अबस्था लगायत बिषयमा अन्तरक्रियात्मक छलफल भएको थियो।

प्रकाशन मिति–२०७६ साल चैत २८ गते शुक्रवार ।