काठमाडौं। नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्री वीच टेलिफोन वाता भएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको कारण दुवै देशमा लकडाउन भैरहेको बेला दुवै देशका प्रधानमन्त्री वीच टेलिफोन वार्ता भएको हो।

एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्तामा यस विषयमा कुराकानी भएको हो।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत मोदीसँगको टेलिफोन वार्ताको विषयमा जानकारी दिएका हुन्।

दुई प्रधानमन्त्रीबीचको वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज तथा सुचारु राख्न छलफल भएको छ। भारत सरकारले उपलब्ध गराउने औषधी लगायतको सहयोगतका लागि समेत प्रधानमन्त्री ओलीले मोदीलाई धन्यवाद दिएका छन्।
प्रकाशन मिति–२०७६ साल चैत २८ गते शुक्रवार ।