काठमाडौं। नेपालमा हालसम्म १७ हजार ४ सय ९५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मुलुकभर १६० जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा निको हुनेहरुको संख्या १७ हजार नाघेको हो। मन्त्रालयका अनुसार हाल मुलुकभर ९ हजार ६ सय ३९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा छन्।

यस्तै, क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या १५ हजार १ सय ९८ छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा बताएका छन्।

त्यसभित्र पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरि १६८ जनामा कोरोना देखिएको बताएका हुन् ।
प्रकाशन मिति–२०७७ साल भदौ १ गते सोमवार ।