काठमाडौं। बृहत्तर खाडी क्षेत्रका विभिन्न राष्ट्रहरू (GCC,MENA region) तथा मलेसिया र पाकिस्तानमा कार्यरत नेपाली राजदूतज्यूहरूले शनिवार भिडियो कन्फरेन्स मार्फत समसामयिक विषयहरूमा छलफल गरेका छन्।

खास गरी कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण यस क्षेत्रमा रहेका नेपालीहरूमा परेको प्रभाव र भावी कार्ययोजनाका विषयमा छलफल केन्द्रित भएको थियो।

उक्त छलफलमा इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य, ओमानका लागि नेपाली राजदूतशर्मिला पराजुली ढकाल, साउदी अरबका लागि नेपाली राजदूत प्रो.महेन्द्र सिंह राजपूत, इजिप्टका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्याल, बहराइनका लागि नेपाली रादजूत पदम सुन्दास, कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी, यु.ए.इ.का लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल, कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाज,पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आ–आफू कार्यरत रहेको मुलुकको अनुभव राख्दै यस क्षेत्रमा रहेका नेपालीहरूको स्वास्थ्य, सुरक्षा र राष्ट्रिय हित प्रवर्द्धनका लागि आगामी दिनहरुमा समेत सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उक्त कन्फरेन्सको संयोजन ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गरेकी थिइन्।
प्रकाशन मिति–२०७७ साल बैशाख १४ गते आइतवार ।