काठमाडौं। बेलायतको राजधानी लण्डन केन्द्र विन्दूवाट साहित्य वेविनार कवि गोष्ठी भएको छ। नेपाली साहित्य विकास परिषद युकेले कवि गोष्ठी गरेको हो।

नेपाल तथा बेलायतका विभिन्न स्थानहरुवाट जुम एप मार्फत भएको भर्चुअल कवि गोष्ठी परिषदका सल्लाहकार कृष्ण भट्टको संयोजन एबम् सञ्चालनमा भएको थियो। भर्चुअल कवि गोष्ठीको परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लको सभापतित्व र संस्थापक तथा पूर्व अध्यक्ष सुरेशजङ्ग शाहको स्वागतमा रमाइलो तरीकाले भएको परिषदले जनाएको छ।

साहित्य वेविनार कवि गोष्ठीको प्रमुख अतिथि वरिष्ठ कवि साहित्यकार गोपाल पराजुलीले नेपालबाट मन्तव्य र कविता वाचनका साथ उदघाटन गरेका थिए। सहभागी सर्जकहरूले आ–आफ्ना कविता, मुक्तक, गीतगजल र छोटो मन्तव्य समेत राखेका थिए।

यसरी सिर्जना वाचनमा सहभागी हुनुहुने १६ जना सर्जकहरूमा नेपालबाट वरिष्ष्ठ कवि साहित्यकार गोपाल पराजुली र चिरञ्जी ढकाल, बेलायतबाट रेशम अर्याल, डा.संगीता श्रेष्ठ स्वेच्छा, अजिता संखडा, विजय हितान, नृपेश उप्रेती, खगेन्द्र नेपाली, दुर्गाप्रसाद पोखरेल, हरिसिंह थापा, ध्रुव केसी, कृष्ण भट्ट, सुरेन्द्र श्रेष्ठ, विराज भट्ट, कोमलप्रसाद श्रेष्ठ मल्ल र सुरेशजङ्ग शाह थिए।

सभापतिको आसनबाट अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले कार्यक्रमको अन्तमा धन्यवादज्ञापन गर्दैलकडाउनका कारण नेपाली साहित्य विकास परिषद्का नियमित कार्यक्रमहरू रद्ध गर्न परेको अवस्थामा अब परिस्थिति अनुकुल नभइन्जेल सम्म परिषद्ले यस्तै अनलाइन वेविनारद्वारा साहित्यिक गतिविधिहरू अगाडि बढाउने जानाकारी दिएका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख १४ गते आइतवार ।