काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाबाट गरी ४ हजार ९१४ जना कोरोना निको भएर घर फर्किएका हुन्।

यो सँगै हालसम्म निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ। कुल संक्रमितका आधारमा निको हुनेको दर ९१ दशमलव ९ प्रतिशत रहेको छ । यस्तै २४ घण्टामा देशभर १ हजार १ हजार १७४ संक्रमित थपिएका छन्। विभिन्न जिल्लामा गरिएको ४ हजार ७०४ पीसीआर परीक्षणमा १ हजार १७४ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार ८०६ एन्टिजेन परीक्षणमा ८४२ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३० जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ। संक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ भने क्वारेन्टाइनमा ३६१ जना छन् । हालसम्म पीसीआर परीक्षण ३३ लाख १७ हजार ३९ को भैसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
प्रकाशन मिति–२०७८ साल असार १२ गते शनिवार ।