Photo Modeling by-ANITA KC (Actress of Nepali Film Industries)

काठमाडौं। नेपालमा वितेको २४ घण्टामा ३ हजार ४५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमणवाट निको हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ। निको हुने सवैलाई बधाई तथा शुभकामना । खुशी बनौं र खुशी बाँडौ ।

यो खुशीको खबरसंगै वितेको २४ घण्टामा देशभर १ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको दुःखद खवर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ६७७ पीसीआर परीक्षणमा १ हजार ४२१ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै, २४ घण्टामा मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ।
प्रकाशन मिति–२०७८ साल असार ६ गते आइतवार ।