काठमाडौं। नेपालको दोस्रो कोरोनाभाइरस (कोभिड—१९) संक्रमित निको भएर आज डिस्चार्ज भएकी छन् । चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालवाट डिस्चार्ज बनेकी हुन।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोला र संक्रमणपछि निको भएकी युवतीको अनुमतिमा यो तस्बिर स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको हो।

सबै रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिएका छन् । ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन्। त्यसैगरी टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन्। उनी युएईबाट चैत ६ गते नेपाल आएका थिए।

नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो। उनी निको भइसकेका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख ६ गते शनिवार ।