काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण विरुद्धको जारी लकडाउनमा ताजा हरिया तरकारी अव अनलाइन मार्फत घर–घरमा पुग्न थालेको छ। लकडाउनका कारण तरकारी बजारमा गएर ताजा हरिया तरकारी किन्न जान नपाएकाहरुका लागि घर–घर अनलाइन सर्भिस दिन थालेको हो।

काठमाडौं महानगरपालिका वडा नंबर 9 स्थित पुरानो बानेश्वर चोकमा रहेको तिरुपती पिक्चर्सवाट घर–घरमा हरिया ताजा तरकारी डेलिभरी गर्ने योजनाअनुरुप तरकारी पसल खोलिएको छ। अग्रज चलचित्रकर्मी सरोज शर्माले लकडाउनको बर्तमान विषम परिस्थितिलाई मध्यनजर गरेर अनलाइन तरकारी पसल खोलेका हुन।

कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित फिजियोथेरापिष्ट सामाजिक अभियन्ता सुनिता भट्टराईको साथ र सहयोगवाट स्थापना भएको हो। जसमा फिजियोथेरापिष्ट भट्टराई र चलचित्रकर्मी शर्माको इन्भेष्टमेन्ट रहेको छ। यस कार्यमा कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार स्थित मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतको विशेष सहयोग रहेको चलचित्रकर्मी शर्माले भनेका छन्।

शर्माका अनुसार, जयकला बस्नेतको गोठाटार स्थित मनमुरी कृषि सहकारी संस्थाको मनमुरी कृषि फार्मवाट उत्पादित हरिया तरकारीहरु नै ल्याएर सहुलियत दरमा विक्री गर्ने कार्य प्रारम्भ भएको छ। तपाई एक कल गर्नुस्–तपाईले चाहेको हरिया तरकारी लिष्ट अनुसार सामाजिक दूरी कायम गरेर घर–घरमा पुर्याउने व्यवस्था गरिरहेको जानकारी शर्माले दिएका छन्।

तपाईहरु पनि काठमाडौंमा हुनुहुन्छ भने, हरिया तरकारी अर्डर गर्नका लागि निम्न फोन नंबरमा संपर्क गरिहाल्नुस्–9841304764 / 9843383566 / 9845136551
प्रकाशन मिति–२०७७ साल बैशाख ६ गते शनिवार ।