ललितपुर। ललितपुरको प्राचिन ऐतिहासिक नगरी बुंगमतीको लक्की स्टार क्लबको आयोजनामा वाईवाई ललितपुर महानगरपालिका व्यापी मेयर कप यू–२१ फुटबल प्रतियोगिता प्रारम्भ भएको छ। ललितपुरको खोकना स्थित ज्ञानोदय स्कुलको फुटबल मैदानमा मेयर कप फुटबल शुरु भएको हो।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले यस प्रतियोगिताको विहीवार उदघाटन गरेपछि प्रारम्भ भएको यस प्रतियोगिताका संचार प्रवक्ता स्वतन्त्र संसार महर्जनले भिजन संसारलाई बताएका छन्। मेयर कपमा ललितपुर महानगरपालिकाका १६ वटा फुटबल टीमले भाग लिएको छ।

चैत्र ३० गतेसम्म हुने यस मेयर कप प्रतियोगिताको विहीवार भएको पहिलो खेलमा ललितपुर महानगरपालिका वडा नंबर २१ स्थित खोकना पुचःले ललितपुर महानगरपालिका वडा नंबर ६ टीमलाई १६–० गोलको अन्तरले हराएको छ। खोकना पुचःले ऐतिहासिक गोल गरेर कीर्तिमान नै कायम गर्न सफल भएको छ। यस मेयर फुटबल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष किशोर महर्जन हुन्।

प्रकाशन मिति–२०७४ साल चैत्र २२ गते विहीवार ।