काठमाडौं। आँट, साहस र धैर्य वोकेर नेपाली चलचित्र होम्मिएका राजकुमार राई नायक मात्र नभइकन यतिखेर निर्देशक समेत बनिसकेका छन्। हाल छायाँकनमा रहेको नेपाली कथानक चलचित्र गुण्डागर्दीवाट नायक राई निर्देशक बनेका हुन्।

रियास्ना फिल्मस् प्रा.लि.व्दारा निर्मित चलचित्र गुण्डागर्दीमा अनिल राई, बबिता केसी, राजु गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ। यसअघि, प्रभावशाली निर्देशक उदय सुव्वाका धेरै चलचित्रमा सहायक निर्देशक भएर कार्य गरिसकेका राजकुमार राईको अभिनयमा प्रवेश म्युजिक भिडियोवाट भएको हो।

आजभन्दा १० बर्ष अघि नेपाली तारा प्रसिद्ध गायक दीपक लिम्बुको गायन रहेको कहाँ हुन्छ माया बोलको गीतको म्युजिक भिडियोमा सशक्त नायकको गजब भूमिकामा प्रभावशाली अभिनयवाट उनको अभिनयमा इन्ट्री भएको थियो। त्यसपछि, रिफिजी, हामी शरणार्थी, परिणाम लगायतका चलचित्रहरुमा अभिनय गरेर जमेका नायक राईले हामी शरणार्थी, परिणाम, मुर्चुङ्गा, मिसन क्यारेङ ग्याङ, संग–संगै बाँच्न पाऊ,हामी संगसंगै जस्ता दर्जनौ चलचित्रमा सहायाक निर्देशक भएर कार्य गरिसकेका छन्।

Raj Kumar Rai 21707972808.jpg

पूर्वी नेपालको इलाम जिल्ला जोगमाई ५ हाल माईजोगमाई गाउंपालिका वडा नंबर २ स्थायी निवासी नायक राई सानैदेखि कला र कलाकारिता भनेपछि हुरुक्कै हुने गर्दथे । इलामको चियावारीको रमणिय दृश्यहरुसंग लुकामारी खेल्दै जीवनलाई कला र कलाकारितामा उर्वर बनाउंदै आएका राई विवाह पछि अझ चम्केका कलाकार हुन्। १० बर्षअघि नै मैना राईसंग विवाह बन्धनमा बाँधिएका उनी हाल एक सन्तान छोरी रियास्ना राईको पनि पिता बनिसकेका छन्। छोरी रियास्ना पनि ९ बर्ष पुगिसकेकी छन्।

फेसबुक प्रतिक्रिया