काठमाडौ। म्यानपावर व्यवसायी भनिएकी तारा रेग्मीलाई धम्क्याएर पैसा मागेको आरोपमा रेग्मीकै उजुरीको आधारमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ परेको एक दिन नवित्दै आज मंगलबार उजुरीकर्ता रेग्मी पनि पक्राउ परेकी छन्।

Tara Regmi

रेग्मीलाई धम्क्याएर पैसा माग्न पूर्वमन्त्री गुप्तालाई सघाएको अभियोगमा ललितपुर प्रहरी प्रभाग भैसेपाटीका प्रहरी निरीक्षक अनिल पण्डित पनि पक्राउ परेका छन्। तारा रेग्मीसंग अभियुक्त भनिएका प्रहरी निरीक्षक पण्डितले नगद ७५ हजार असुलेको आरोप छ। प्रहरी समाचार स्रोतका अनुसार प्रहरी निरीक्षक पण्डित र पूर्वमन्त्री गुप्ता डिल्लीवजार जेलमा रहंदा नै चिनाजान भएको थियो।

Shyam Sundar Guptaगुप्ता जेलमुक्त भएपछि पनि दुवै वीच निरन्तर संपर्क रहेको बताइएको छ। यसैवीच तारा रेग्मीकै घरमा गुप्ताले पार्टी कार्यालय खोलेर बसेको र उल्टै रेग्मीलाई अपहरण गर्ने धम्की दिएर पैसा असुल्ने कार्य गरेको रेग्मीको उजुरीमा गुप्ता पक्राउमा परेका हुन्। यता गुप्तालाई पक्राउ गर्न लगाउने तारा रेग्मी उल्टै प्रहरीको नजरमा फरार कैदी रहेको प्रमाणित भएपछि पक्राउ परेको प्रहरीले बताएको छ।

तारा रेग्मी सशस्त्र प्रहरीका तत्कालिन डीआइजी रञ्जन कोइरालालाई पत्नी हत्याको लागि सघाएको आरोपमा अदालतवाट ११ महिना कैद सुनाएकी अभियुक्त रहेको प्रहरीको जिकिर छ। काठमाडौ जिल्ला अदालतको आदेशमा रेग्मीलाई आज मंगलवार नै सेन्टर जेल चलाउन गरिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २१ गते मंगलवार ।