काठमाडौं। नेपालको परिचय र शान अनि गौरबको प्रतिक काठमाडौं भ्यालीलाई कोरोनाको कहरमा जोगाउन अत्यन्त आवश्यक भएको छ। सांस्कृतिक नगरी काठमाडौं भ्यालीलाई जोगाउन र यहाँका वासिन्दालाई कोरोनावाट बचाउन तीनै तहको सरकारले तदारुकता अपनाउनुपर्ने राय तथा माग सेभ नेवाः भ्यालीले प्रेस विज्ञप्ति मार्फत गरेको छ।

सेभ नेवाः भ्यालीका अध्यक्ष शैलेश शाक्यव्दारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाको कहरमा जिल्ला वाहिरवाट आउनेहरुलाई पूर्णतया रोक लगाउन भ्यालीको चारैतिर सिल गर्न जरुरत भैसकेको उल्लेख गरेको छ। भ्यालीमा डेरा गरेर बस्नेहरुलाई सकभर आफू जहाँ बसेको हो–त्यहाँ सुरक्षित रुपमा रहन भनिएको छ।

भ्याली छाडेर गैसकेको अवस्थामा कोरोनाको कहर नसकेसम्म भ्याली प्रवेश नगर्न अनुरोध गरिएको छ। अर्कोतर्फ, सरकारले भ्यालीमा घरधनीलाई कोरोनाको कहरमा घरबहाल नलिन आग्रह गरेतापनि घरधनीहरुको मर्कालाई संवोधन नगरेको उल्लेख गर्दै घरबहाल निःशुल्क गर्ने घरधनीहरुलाई सरकारले राहत दिने कार्यमा ढिलाई गरेकोमा पनि ध्यानाकर्षण गर्ने कार्य भएको छ।
प्रकाशन मिति–२०७७ साल जेठ २ गते शुक्रवार ।