–सनत कुमार थापा
अनैतिक आर्जनले मानिसलाई हेर उफार्छ !
अनि विवेक हिन भै ढाँचा र फुर्ती देखाउंछ !!

मलामी गएको कर्मचारीलाई दुई ग्रेड रोक्का गर्छ !
लक डाउन स्पेसल भनि आफू मदिरामा रमाउंछ !!

विचित्र छ यहाँ यस्तैले नेताहरूको संरक्षण पाउछ !
अनि कसरी यहाँ संस्थागत सुधार र बिकास हुन्छ ??

त्यसैले भनेको रहेछ चोरलाई चौतारो साधुलाई सुली !
चारैतिर लक डाउन उलंघनको भएको छ खुलदुली !!

यस्ता कृयाकलाप बढ्दै गए भए यस्ताले ईटाली बनाउने !
जनताले नै भनौ यस्ता कर्म गर्नेलाई अब सरकारले के गर्नै ??

माहामारीमा सबै मिलि लकडाउनको पूर्ण पालना गरौं !
घर भित्रै बसि आफू पनि बचौं अरूलाई पनि बचाऔं !!
–धापाखेल, ललितपुर, नेपाल।


प्रकाशन मिति–२०७७ साल जेठ २ गते शुक्रवार ।