काठमाडौं। नेपालमा थप ९ जनाको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। दाङमा पहिलो पटक तीन जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ।


प्रकाशन मिति–२०७७ साल जेठ २ गते शुक्रवार ।