ललितपुर। नेपाली चलचित्र चपली हाइटका नायक राज घिमिरे अर्थात सानुराजा घिमिरेले नेपाली राजनीतिमा पनि हाइट बनाएका छन्। स्थानीय निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिका वडा नंबर ३ को वडा अध्यक्ष पदमा निर्वाचित भएपछि नायक घिमिरेको हाइट बढ्ेको हो।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १०५९ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धोन्दी नेकपाका राम आचार्यले १०४९ मत प्राप्त गरेका छन्। घिमिरे पाँच बर्षअघि स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।

घिमिरेले केही अगाडि आफूले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।

चलचित्र ‘चपली हाइट’बाट नायकको हाइट बढाएका घिमिरेले यसअघि र पछि धेरै म्युजिक भिडियो तथा केही चलचित्रहरुमा अभिनय गरेर बेग्लै ख्याति कमाइसकेका छन्।

प्रकाशन मिति–२०७९ साल जेठ २ गते सोमवार ।