काठमाडौ। रेडियो नेपालको अत्यन्त चर्चित साहित्य कार्यक्रम साहित्य संसारका कुनैबेलाका अत्यन्त चर्चित साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ। उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको लतिलपुरको सुमेरु अस्पतालमा निधन भएको हो।

दाहाल यज्ञनिधिको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो।

चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रबार थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो।

प्रकाशन मिति–२०७५ साल साउन २५ गते शुक्रबार ।