–सनत कुमार थापा

बच्चै देखि काजीसाब उपाधिले ओतप्रोत भएकोले हो की खै।
बिहान बिहानै घर दैलोमा चाकरी बजाउन पटक्कै जानेको छैन!!

आदरणीय ब्यक्तीत्वहरू यहाहरूले नमिठो नमान्नु होला ।
बिवेकशिल एवं न्यायिक भै आफ्नो कर्तब्य पुरा गर्नु होला!!

नजान्नु र थाहा नपाउनु मानिसको भुल हैन कमजोरी चाहि होला।
यसैलाई मुल्यांकनको आधार बनाई कसै प्रति अन्याय नगर्नु होला!!

धर्तीको माटो समाई निश्पक्ष र निर्भिक भै कदम चाल्नु होला।
छातीमा हात राखि बिगतको मुल्यांकन गरी निर्णय गर्नु होला!!

कुनै पनि अन्न र फसलको बिऊ नमास्नु जोगाएर राख्नु होला।
ईमान्दारहरूको कदर गरी असल सुशासन कायम गर्नु होला!!

खुशामत र जि हजुर गर्ने गुण त रगतमै छैन स्पष्ट मात्र बोलिन्छ।
जिवनमा जे जसो आई पर्छ सन्तुष्टीका साथ सधै अगाडी बढिन्छ!!
(धापाखेल, ललितपुर, नेपाल।)
प्रकाशन मिति–२०७६ साल साउन २५ गते शनिवार ।