काठमाडौं। स्कुल अफ व्युटीसियन आइटीसी स्कील डेभलपमेन्ट सेन्टरले स्थापनाको १६ औं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको कोटेश्वर तीनकुने स्थित रोयल ब्याँकक्वीटमा सेन्टरले स्थापनाको १६ औं बार्षिक उत्सव मनाएको हो।

नेपालका ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुक्शा बैद्य श्रेष्ठले १६ बर्षअगाडि स्थापना गरेको स्कुल अफ व्युटीसियनले हजारौं व्युटीसियन जन्माइसकेको छ।

नेपाली महिला दिदीबहिनीहरुको लागि सर्वोत्कृष्ट सम्मानित पेशाको रुपमा विकास गर्न र गराउन आफू स्थापना कालदेखि प्रयत्नशील रहेको र अझ यस पेशालाई मर्यादित र व्यावसायिक बनाउन क्रियाशील रहने प्रतिबद्धता पनि व्युटीका डाक्टर रुक्शा बैद्य श्रेष्ठले जनाएका छन्।

सीटीभीटीवाट अफलाइटेड स्कुल अफ व्युटीसियनवाट प्रशिक्षित व्युटीसियन तथा स्टाफको अलावा भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतलाई पनि सम्मान प्रदान गरिएको थियो। बार्षिक उत्सवमा विविध कार्यक्रम पनि भएको थियो।


प्रकाशन मिति–२०७६ साल साउन २५ गते शनिवार ।