काठमाडौं। नेपाली चलचित्र उद्योगको अत्यन्त लोकप्रिय अमर नायक श्रीकृष्ण श्रेष्ठ नहुनुको यो बर्षवाट पाँच बर्ष पुगेको छ। विसं.२०७१ साल साउन २५ गते उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएका अमर नायक श्रेष्ठको आज पाँचौ बार्षिकी हुंदा पनि कसैले वास्ता गरिएको पाइएन।

पहिलो बार्षिकीको दिन स्थापना भएको श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान पनि गत दोश्रो बार्षिकी देखि मौन भएको हुंदा यो स्थिति आएको हो। बाँचुन्जेल सवैको हाइहाइ बनेका अभिनेता श्रेष्ठको निधन पश्चात यति चाँडै यति धेरै मान्छेहरुले विर्सेला भनेर नसोचेको सरोकारवालाहरुकै भनाई रहेको छ।

श्रीकृष्ण श्रेष्ठको पाँचौ बार्षिकीका दिनमा कम से कम श्रद्धाञ्जली सभा पनि राख्न नसक्ने नेपाल चलचित्र कलाकार संघ लगायतका संघ–संस्थाहरुको आलोचना पनि भएको छ। अकोतर्फ श्रीकृष्ण श्रेष्ठ पत्नी नायिका स्वेता खड्काले अघिल्ला बर्षहरुमा बार्षिकीमा आँशुका शव्द पोखेर सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली पोखेपनि यो बर्ष भने पोखेको पाइएन।


प्रकाशन मिति–२०७६ साल साउन २५ गते शनिवार ।