काठमाडौं। रोटरी क्लब अफ कपनले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर १ गागलफेदी स्थित जेष्ठ नागरिक सेवा आश्रममा चिसोमा न्यानो सहयोग गरेको छ। कागेश्वरी मनहरा नगरपालिकाकी उपमेयर बिन्दु सिमखडाको विशेष उपस्थितिमा आश्रमलाई न्यानो सहयोग गरेको हो।

रोटरी क्लब अफ कपनका शिवहरि खनाल लगायतका क्लबका पदाधिकारीहरुले आश्रममा रहेका ६ जना जेष्ठ आमाहरुलाई आवश्यक सामग्री इन्डक्सन चुलो, राइस कुकर, चप्पल, खाद्यान्न लगायतका अति आवश्यक सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, इमिडेट पाष्ट प्रेसिडेन्ट राजु लामा, आश्रमका अध्यक्ष पुष्कर प्याकुरेल, कार्यक्रम संयोजक एवं क्लबका इलेक्ट प्रेसिडेन्ट डा।.तेज रोक्का र आडिया इन्टरनेशनलका अध्यक्ष एवं रोटरीयन अमर तिमल्सिना लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा क्लबका उपाध्यक्ष प्रल्हाद दाहाल, मेम्बर सुजिता काफ्ले, आश्रमा सचिव गोकर्णमणि पुडासैनीको उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७७ साल पुस २० गते सोमवार ।