काठमाडौं। जेसीआइ काठमाडौं लेडी नेपालको ४३ औं पदस्थापना दिवस संपन्न भएको छ। ख्यातिप्राप्त हांस्य अभिनेताव्दय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य महका साथमा युवा कमेडी स्टार यमन श्रेष्ठको प्रमुख आतिथ्यतामा जेसीआइ काठमाडौं लेडी नेपालको पदस्थापना दिवस संपन्न भएको हो।

पदस्थापना दिवसमा नवनिर्वाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठलाई अध्यक्ष पदको हस्तान्तरण तथा सपथ ग्रहण गराउने कार्य भएको छ। नेपाल जेसिस बर्ष २०२१ का महासचिब सिनेटर बिकाश मानन्धर तथा नेपाल जेसिस २०२१ को एरिया सी का कार्यकारी उपाध्यक्ष शिव प्रसाद भूसालको आतिथ्यमा २०० जना जेसी तथा आगन्तुक महानुभावहरुको उपस्थितिमा २०२० का अध्यक्ष जेसी नगीना नकर्मीले बर्ष २०२१ का नब निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठलाई अध्यक्ष पदको शपथ ग्रहण गराउदै अध्यक्ष पदको हस्तान्तरण गरिएको थियो।

नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठले आफ्नो नेतृत्व र व्यक्तित्वको विकास गर्नु अन्तरराष्ट्रिय सामाजिक संस्था जेसीआइ काठमाडौं लेडी नेपालको मुख्य उदेश्य भएको उल्लेख गर्दै सो उदेश्यको हासिल गर्नका लागि यस संस्थाले स्थापना काल देखी नै महिला व्यक्तित्व तथा नेतृत्व विकाशका लागि बिभिन्न क्षेत्रहरुमा बिभिन्न प्रभाबकारी तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको बताएकी छन्।

नवनिर्वाचित श्रेष्ठले आजको बदलिदो परिस्थितिमा महिलाहरुको बिकाश गर्नको लागि आर्थिक, सामाजिक, राजनैतिक आदि सबै क्षेत्रहरुमा संलग्नता र सहभागिताको धेरै नै खाँचो रहेको कुरामा विशेष जोड दिएकी छन्।

कार्यक्रममा प्रमुख अथितिद्वय मह जोडीले मिलेर काम गर्दा धेरै काम गर्न सकिने र एक अर्कालाई सपोर्ट नि हुने भन्दै शासन व्यक्तिको होइन बिधिको हुनु पर्छ भने आफ्नो मूल नारा बोकेका जेसिज अभियान्ताहरु लै अघि बढ्न उत्प्रेरणा दिएका थिए।
कार्यक्रमको उदघोषण स्तुति बुढाथोकी र सिल्वी नकर्मीले गरेका थिए। स्वागतभाषण सोनी श्रेष्ठले गरेकी थिइन्। त्यस्तै धन्यवाद ज्ञापन अप्सरा आचार्यले गरेकी थिइन्।

प्रकाशन मिति–२०७७ साल पुस २० गते सोमवार ।