काठमाडौंं। चीनका विदेशमन्त्री वाङ यीले चीनका राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे सकारात्मक संकेत दिएका छन् ।

नेपाल भ्रमणमा रहेका वाङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरू निरन्तर सम्पर्कमा रहने बताएका छन् ।

चीनका राष्ट्रपति सीले असोज २४ देखि २६ सम्म भारत भ्रमण गर्न लागेको र भारतबाट फर्कंदा एकदिने नेपाल भ्रमणमा आउने ‘अपुष्ट सूचना’बाहिर आइरहेका बेला विदेशमन्त्री वाङको अहिले भइरहेको भ्रमण यही सरोकारमा केन्द्रित बनेको हो ।

वाङको यो भ्रमणलाई राजनीतिक तहमा चीनबाट हुन लागेको विशिष्ट भ्रमणको पूर्वतयारीका रूपमा लिइएको छ ।
प्रकाशन मिति–२०७६ साल भदौं २३ गते मंगलवार ।