काठमाडौ। विभिन्न समयमा दलालको भरमा चीनमा काम गर्न गएका चौध जना नेपालीहरुको चीन बस्ने भिसा सकिएपनि त्यहाँ बसेको आरोप चीनिया प्रहरीले उनीहरुलाई हिरासतमा लिएर डिटेन्सन अर्थात नजरबन्द गरेको कान्तिपुर दैनिकले जनाएको छ। पर्यटक भिसामा गएका उनीहरुको भिसा सकिएपछि अवैध बनेपछि उनीहरुलाई चीनिया प्रहरीले नजरबन्द गरेको भनेको छ।

China Map

पीडितले पत्रकार बताउने सीताराम पराजुली र ‘जम्प टु जब’ नामक मेनपावरका एजेन्ट गोपाल शिवाकोटीले आफूहरुलाई चीनमा ल्याएर बिचल्ली पारेको भन्दै बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। उनीहरुको निवेदनपछि दूतावासले स्थानीय प्रहरीसमक्ष नेपाली युवालाई उद्धार गर्न अनुरोध गरेको थियो । बेइजिङको अध्यागमन कार्यालयमा ८ जना युवाहरु नजरबन्दमा छन् भने सान्तोङ प्रान्तमा दुईजना रहेका छन्।

चीनको दक्षिणपूर्वमा हङकङ नजिकै रहेको सेन्जेनमा चारजना युवा प्रहरीको नजरबन्दमा रहेका छन् । चिनियाँ कानुनअनुसार भिसा सकिएर अवैध भएका विदेशीले दैनिक पाँच सय चिनियाँ युआन जरिवाना तिर्नुपर्छ। नेपाली युवाहरुले सो रकम तिर्न नसकेपछि प्रहरीले उनीहरुलाई नजरबन्दमा राखेको हो । लगभग तीन हप्ता नजरबन्दमा रहेपछि चिनियाँ प्रशासनले उनीहरुलाई देश निकाला ‘डिपोट’ गरेर नेपाल पठाउनेछ।
प्रकाशन मिति–२०७३ साल साउन १३ गते विहीवार ।