लण्डन । बेलायतका इंग्लिश फुटबल खेलाडीद्वय ह्यारी केन र ह्यारी विङ्क्सले जर्मनी र ब्राजिल विरुद्धका आसन्न दुई खेल गुमाउने भएका छन्।

इंग्लिश फुटबल क्लव टोटनह्याम हट्सपरबाट व्यावसायिक खेल खेल्दै आएका स्ट्राईकर केन र मिडफिल्डर विङ्क्सले चोटका कारण आसन्न खेल गुमाउने भएका हुन्। टोटनह्यामकै मिडफिल्डर डेले अली पनि यो खेलका लागि उपलब्ध छैनन्। उनीहरुको ठाउँमा एभर्टनका डिफेन्डर माईकल किन र वेष्ट ब्रोमका मिडफिल्डर जेक लिभरमोरलाई टोलीमा बोलाईएको छ।

बेलायतले यही शुक्रबार वेम्बले रंगशालामा जर्मनीसँग तथा आगामी मंगलबार ब्राजिलसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्दैछ। विश्वकप फुटबलमा छनौट भईसकेको इंग्ल्याण्डले तयारीका लागि कठिन टोलीहरुसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक २१ गते मंगलवार ।