काठमाडौं। कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले असारे बर्षामा छाता ओढे्रै भएपनि उदघाटन गरेका छन्। मन्त्री श्रेष्ठकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त नेम्वाङ्गले शिलान्यास गरेको दीखु पुलको मन्त्री श्रेष्ठले रिबन काटी उद्घाटन गरेका हुन।

पुल उद्घाटन पश्चात भएको आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्री श्रेष्ठले दीखु तां (पुल)को महत्वको बारेमा बताउदै आफू भुमिगतकालमा पार्टीको काममा खट्दा काठमाडौंको दक्षिण–पश्चिम इलाका जोड्ने प्रमुख पुल उक्त दीखु पुल प्रयोग हुने गरेको संस्मरण गरेका छन्। । जननेता मदन भण्डारीलाई थानकोटबाट कीर्तिपुरको कार्यक्रममा भाग लिन ल्याउँदा यस पुलमा बसेर काठमाडौंको उत्तरी भागमा अवस्थित रमणीय बल्खु खोलाको अवलोकन गरेको र भावी योजनाहरू बनाएको समेत वताएका छन् ।

कार्यक्रमका सभापति तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले यस दीखु तां (पुल) ऐतिहासिक र भावनासँग जोडिएको उल्लेख गर्दै कीर्तिपुर र तिनथानाको ऐतिहासिक सम्बन्ध रहेकोमा पुल बिग्रेको कारण भावनाहरू पनि टाढिरहेको बताए ।

थुप्रै पटक यो पुल बनाउन लाग्दा पनि सफल हुन नसकेकोले नगरपालिकामा आफूहरू आइसकेपछि टेण्डर समेत गरे तापनि आन्तरिक कारणले त्यो पुल बनाउन नसकीरहेको अवस्थामा मन्त्रीद्वय कृष्ण गोपाल श्रेष्ठ र वसन्त नेम्वाङ्गको पहलमा र निर्माण व्यवसायीको लगनशीलतामा जिर्णअवस्थाको पुल पुनः निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद् दिए ।

पुल महाशाखाका डि.जि. सडक विभागका महानिर्देशक ई. अर्जनुजंग थापाले आफ्नो मन्तव्य राखेको कार्यक्रममा उप–मेयर सरस्वती खड्काले स्वागत गरेकी थिइन्। कीर्तिपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जनले धन्यवाद् ज्ञापन गरेका थिए। कार्यक्रम कीर्तिपुर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले सञ्चालन गरेका थिए।


प्रकाशन मिति–२०७८ साल असार २५ गते शुक्रवार ।