Traffic Sachetanaकाठमाडौ। जनस्तरवाट निक्कै नै गुनासो तथा विरोध आएपछि काठमाडौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट जरिवाना असुल्न बन्द गरेको छ।

जरिवानाको स्थानमा सचेतना कक्षा मात्र दिन थालेको छ। मंगलवार गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उपत्यका ट्राफिक महाशाखाले जरिवाना असुल गर्न बन्द गरेको हो। जेठ १६ गतेदेखि ट्राफिक प्रहरीले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीलाई जरिवाना स्वरुप २ सय रुपैयाँ र पैसा नहुनेलाई ३ घण्टा सचेतना शिक्षा दिने अभियान सुरु गरेको थियो।

महाशाखाले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई आधा घण्टा सचेतना शिक्षा सञ्चालन गर्ने जनाएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ३१ गते बुधवार ।