London Bornलण्डन। बेलायतको राजधानी लण्डनको एउटा २४ तले भवनमा भीषण आगलागी हुंदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ५० जनालाई उद्धार गरी अस्पताल पुर्याईएको उद्धारकर्मीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाएका छन्।

पश्चिम लण्डनको ल्याटिमेर रोडमा रहेको ल्याङकेस्टर वेष्ट स्टेटको २४ तले ग्रेनफेल टावरमा स्थानीय समयअनुसार राती १ बजे आगो लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार आगो लागेपछि त्यहाँ बस्दै आएका केही मानिसले आफ्ना छोराछोरीलाई झ्यालबाट बाहिर निकालेका र केहीले झ्यालबाट हाम फालेर बच्ने प्रयास गरेका समाचारमा उल्लेख छ।

London Born.1अधिकारीहरुका अनुसार २४ तलामध्ये २० तला आवासीय रहेको टावरमा आगलागीका समयमा झण्डै ६ सय मानिस भवनभित्र थिए । आगलागीबाट भवनका सबै १ सय २० वटा फ्लाट र सबै तला ध्वस्त भएका र भवन ढल्न सक्ने अधिकारीहरुले बताएका छन्। दमकलकर्मीहरुले कयौंलाई सुरक्षित रुपमा निकाल्न सफल भएको बताएपनि लन्डनका मेयर सादिक खानले भने अझैपनि कयौं मानिस भवनभित्र फसेको बताउनुभएको छ। भवनभित्रबाट मानिसलाई निकाल्ने काम जारी रहेको बिबिसीले जनाएको छ।

सन् १९७४ मा निर्माण भएको ग्रेनफेल टावर एक करोड पाउन्ड लगाएर दुई बर्ष लगाएर मर्मतको काम गतवर्षमात्र सकिएको थियो । सुरुमा टावरको माथिल्लो भागमा चम्किलो प्रकाश देखिएपछि केही मानिसले टर्च लाईट वा केहीले मोबाईल फोनको प्रकाश भन्ने ठानेका थिए । आगलागीको कारण अझै खुलेको छैन ।

London Born.2प्रकाशन मिति–२०७४ साल जेष्ठ ३१ गते बुधवार ।